

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ७औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै विभिन्न विधाका खेलकुद प्रतियोगिता हुने भएको छ।
आयोजना अन्तर्गत राष्ट्रपति रनिङ शिल्डसँगै मजदुर शहीद स्मृति कप बृहत् खेलकुद प्रतियोगिता, मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता समावेश गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले जानकारी दिनुभयो ।
गाउँ शिक्षा समिति तथा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार सञ्चालन गर्न लागिएको प्रतियोगिताको औपचारिक उद्घाटन पौष ३० गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष थपलियाले बताउनुभयो ।
स्थानीयस्तरमा खेलकुदको विकास, लुकेका प्रतिभाको पहिचान तथा युवालाई अनुशासित र सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।
गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार उद्घाटन समारोहमा सहभागी विद्यालयहरूबाट मार्चपास र र्याली प्रदर्शन गरिनेछ। प्रतियोगिताको तयारीका लागि सहभागी विद्यालयलाई आर्थिक सहयोगसमेत उपलब्ध गराइने भएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलका अनुसार राजमार्ग आसपास रहेका विद्यालयलाई ४५ हजार रुपैयाँ र राजमार्गदेखि टाढा रहेका विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |