

धादिङ । गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार तथा बृहत लोक सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
लिः ल फङ (घले समाज) मुल ल्होसार आयोजक कमिटि गंगाजमुना गाउँपालिकाले घले समुदायको मौलिक पहिचान, इतिहास र सांस्कृतिक सभ्यतालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले “हाम्रो गौरव, हाम्रो शान–घ्यो ल्होसार हाम्रो पहिचान” भन्ने मूल मर्मका साथ ल्होसार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा गायक सागर बिसी, गायिकचिजा तामाङ, सिता लामा, गायक सरोज सिंखडा, गायिका तथा मोडल नविना सिलवाल खुईली, गायक मठ्ठु गुरुङ र मोडल तथा डान्सर सुनिता वाईवाको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा घले समुदायको परम्पराअनुसार विधिपूर्वक पूजाआजा, परम्परागत नृत्य, झाँकी, मारुनी, घले संस्कृति झल्किने गीत संगीत तथा विविध सांस्कृतिक प्रस्तुति भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लिः ल फङ (घले समाज) केन्द्रीय महासचिव धनबहादुर घलेले ल्होसारलाई केवल पर्वको रूपमा नभई घले समुदायको ऐतिहासिक चेतना, सामूहिक स्वाभिमान र सांस्कृतिक अधिकारको अभिव्यक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो ।
उहाँले उस्ता कार्यक्रम मार्फत घले समुदायको भाषा, भेषभूषा, संस्कार र ऐतिहासिक निरन्तरताको सन्देश राष्ट्रिय स्तरमा प्रवाह गर्ने हुने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘पछिल्लो समय साना आदिवासी समुदायका मौलिक संस्कृतिहरू ओझेलमा पर्दै गएको अवस्थामा घले समुदायको ल्होसारले सांस्कृतिक विविधताको महत्वलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने विश्वास गरिएको छ ।’
कार्यक्रममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले ल्होसार हाम्रो सांस्कृतिक पहिचान भएको र यस्तो कार्यक्रमले मौलिक संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष रामेश्वर सिम्खडाले युवालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउने कार्यक्रम निकै प्रेरणादायी रहेको बताउनुभयो।
यस्तै आयोजक कमिटिका अध्यक्ष प्रेम बहादुर घलेले ल्होसार केवल चाडपर्व मात्र नभई घले समुदायको अस्तित्व, पहिचान र भावी पुस्तासँग जोडिने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामीले यो कार्यक्रम घले समुदायको मौलिक भाषा, भेषभूषा, संस्कार र परम्परालाई जगेर्ना गर्दै युवापुस्तामा गर्वको भावना जगाउने उद्देश्यले आयोजना गरेका हौं। गुम्दी सातदोबाटोबाटै घले संस्कृति राष्ट्रिय स्तरमा चिनिने वातावरण बनाउनु हाम्रो लक्ष्य हो।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |