

काठमाडौँ । तामाङ समुदायले आज २८६२ औं सोनम ल्होसार मनाउँदैछ। ल्होसारका अवसरमा सोमबार देशभर सार्वजनिक बिदा रहेको छ। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको हो ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकोअनुसन्धाता टीका शेर्पाले बताए। उनका अनुसार सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
तामाङसहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्छन्।
नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |