

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा आज देखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु हुँदै छ।
माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको पावन अवसरमा मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीद्धारा आयोजित प्रतियोगिताको तयारी सकिएको भलिबल खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमको लागि बिहान १० बजेसम्म टिम दर्ता गर्ने समय थपिएको श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सिद्धबाबा आमा समुहको सह आयोजनामा इटपानीस्थित खेल मैदानमा हुने प्रतियोगितामा खेलाडीहरू एकै वडाको हुनपर्ने साथै परिचय खुल्ने कागजात हुनुपर्ने, जर्सीसहित खेलाडी संख्या ९ जना हुनुपर्ने जनाईएको छ ।
टाढाबाट आउने खेलाडीहरुलाई खान र बस्नको व्यवस्था रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९७०४८३७०७२, ९८०८४०८४८५ र ९८४१०६१७९४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
सिद्धलेक गाउँपालिकाको प्रायोजन तथा सिद्धलेक गाउँपालिका वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा हुने कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
प्रतियोगिता ८ गते सम्म सञ्चालन हुनेछ ।
सम्पूर्ण खेल बागमती कलमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |