

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा जारी वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियागिताको फाइनलमा धादिङको सिद्धलेक गाउँपालिका वडा नं ३ टिम ‘ए’ र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ४ भिड्ने भएका छन् ।
बुधबार भएको पहिलो सेमिफाइनलमा नुवाकोटको पञ्चकन्या-४ ले धादिङको सिद्धलेक-२ लाई ३-१ को सेटमा पराजित गर्दै फाईनल पुगेको हो ।
पञ्चकन्याले सिद्धलेक-२ लाई २५-१५, २५-२७, २५-२२ र २५-१९ ले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा सिद्धलेक-३ ए मनकामनाले गल्छी गाउँपालिका-३ लाई ३-१ को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गर्यो ।
सिद्धलेक-३ ले गल्छीलाई २५-१८, २५-१९,२४-२६ र २५-११ ले पराजित गरेको थियो ।
फाईनल खेल बिहिबार दिउँसो १ बजे हुने छ । त्यस्तै तेस्रो स्थानको लागि सिद्धलेक-२ ले गल्छी-४ सँग बिहिबार बिहान ८ बजे खेल्नेछ।
मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।
सिद्धबाबा आमा समुहको सह आयोजना, गाउँपालिकाको प्रायोजन तथा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा भएको यस प्रतियोगितामा ११ टिम सहभागी थिए ।
भोलि बिहिबार समापनको दिन महिला पुरुषको डोरी तान्ने, हाँडी फुटाउने, बेलुन फुटाउने लगाएको प्रतियोगिता हुने र साँझ श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम समेत हुने मनकामना समाज सुधार क्लबका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
खेलकुद हाम्रो जीवन कला सस्कृती हाम्रो पहिचान, समाज परिवर्तन मनकामना क्ल्वको योगदान भन्ने नारासहित मनकामना समाज सुधार युवा क्लवले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको सांस्कृतिक कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।
कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने र चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
तीन दशकभन्दा बढी समयदेखि सामाजिक विकास, खेलकुद प्रवर्द्धन र टोल विकासमा सक्रिय मनकामना समाज सुधार युवा क्लबले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने र कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
बुधबार सम्पन्न खेलहरु
पहिलो सेमिफाइनल खेल नुवाकोटको पञ्चकन्या-१ VS धादिङको सिद्धलेक-२ (नुवाकोटको पञ्चकन्या-१ बिजयी)
दोस्रो सेमिफाइनल खेल सिद्धलेक-३ ए मनकामना VS गल्छी-४ (सिद्धलेक-३ ए बिजयी)
भलिबल प्रतियोगिताको तेस्रो दिनका गतिबिधि
तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |