

धादिङ- सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा आज साँझ श्रीपञ्चमी मेला लाग्दै छ।
मनकामना समाज सुधार युवा क्लब,सिद्धलेक-३ इटपानीको आयोजनामा श्रीपञ्चमीको अवसरमा आज साँझ ७ बजेदेखी श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम क्लबका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो।
कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने र चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।
कार्यक्रममा गायक विवश दर्लामी मगर, गायिका तथा मोडल उर्मिला पुलामी मगर, मोडल विजय पुन, गायक प्रसाद खप्तरी मगर, सिद्धार्थ आले मगर, लोक गायक पवन आले मगर, लोक गायिका रोशनी राना मगर, डान्सर प्रीती गुरुङ र हास्य कलाकार सागर गाहा मगरको प्रस्तुति रहनेछ ।
क्लवकै आयोजनामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज समापन हुँदैछ भने बिभिन्न खेल महिला,पुरुषको डोरी तान्ने, हाँडी फुटाउने, बेलुन फुटाउने लगाएको प्रतियोगिता समेत हुँदैछ ।
खेलकुद हाम्रो जीवन कला सस्कृती हाम्रो पहिचान, समाज परिवर्तन मनकामना क्ल्वको योगदान भन्ने नारासहित आयोजित कार्यक्रममा सिद्धलेक गाउँपालिकाको प्रायोजन तथा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोग रहेको छ ।
तीन दशकभन्दा बढी समयदेखि सामाजिक विकास, खेलकुद प्रवर्द्धन र टोल विकासमा सक्रिय मनकामना समाज सुधार युवा क्लबले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने र कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |