

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा सप्पन्न वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियागितामा सिद्धलेक-३ टिम ‘ए’ प्रथम भएको छ।
बिहिवार भएको फाइनल खेलमा नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ४ लाई ३-२ सेटमा पराजित गर्दै सिद्धलेक वडा नम्बर ३ प्रथम भएको हो ।
सिद्धलेक-३ ले पञ्चकन्यालाई २५-१७, २२-२५ ,२३-२५, २५-२१, १५-१२ ले पराजित गरेको थियो ।
त्यस्तै प्रतियोगितामा गल्छी गाउँपालिका-४ तृतीय भएको छ ।
बिहिबार नै भएको तेस्रो स्थानको खेलमा सिद्धलेक-२ लाई गल्छी-४ ले २५-१६, १७-२५ ,३१-२९ १६-२५ र १५-१२ को ३-२ सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएको टिमले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी सिद्धलेक-३ का अमन आले, उत्कृष्ट स्पाइकर पञ्चकन्या-४ का प्रविन तामाङ, उत्कृष्ट सेटर सिद्धलेक-३ का प्रदिप थापा मगर, उत्कृष्ट सर्भर पञ्चकन्या-४ का सुमन थापा, उत्कृष्ट डिफेन्डर पञ्चकन्या-४ का साजन शाह ठकुरी, उत्कृष्ट ब्लकर सिद्धलेक-३ का विदुर इटनी र उत्कृष्ट कोच सिद्धलेक-३ का विज्ञान इटनी घोषित भए ।
उनिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा बिजेताहरुलाइ सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, वडा नम्बर ३ का वडा अध्यक्ष देब बहादुर पुलामीले पुरस्कर वितरण गर्नुभएको थियो ।
मनकामना समाज सुधार युवा क्लबको आयोजना, सिद्धबाबा आमा समुहको सह आयोजना, गाउँपालिकाको प्रायोजन तथा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा भएको प्रतियोगितामा ११ टिम सहभागी थिए ।
क्लबकै आयोजनामा अहिले ईटपानीस्थित अकला देवी मन्दिर परिसरमा श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने र चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
तीन दशकभन्दा बढी समयदेखि सामाजिक विकास, खेलकुद प्रवर्द्धन र टोल विकासमा सक्रिय मनकामना समाज सुधार युवा क्लबले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने र कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |