

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।
त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ ।
अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ सय २८ रूपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९ सय ६६, पोखरामा ७ सय ४५ र भैरहवामा ७ सय ३३ तोकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |