

धादिङ । धादिङमा २ हजार ७ सय ३३ जनालाई एचपिभि खोप लगाईने भएको छ ।
महिलाको पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान यही माघ २७ देखि २९ गतेसम्म संचालन हुने छ ।
जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकमा एचपिभि खोप सम्बन्धी विषयमा जानकारी दिँदै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जिल्लाका २ हजार ७ सय ३३ जनालाई खोप दिइने बताउनुभयो ।
अभियान अन्तरगत विद्यालयमा अध्यायनरत कक्षा ६ का किशोरीहरु र विद्यालय बाहिर भएका १० वर्ष पुरा भएका ११ वर्षमुनिकालाई खोप लगाइने छ ।
धादिङ जिल्लामा यस अभियानका लागि तयारी भइरहेको उल्ल्ख गर्दै कार्यालय प्रमुख पौडेलले खोप सामाग्री जिल्लामा आएको र वितरण सुरु भएको छ ।
जिल्लामा २ सय ५६ खोप केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक मार्फत खोप दिइने छ ।
विद्यालय बाहिर रहेकाहरु समेत नछुटुन भनेर खोजि र पहिचान समेत गर्दै पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप लगाइने योजना रहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिनुभयो ।
अभियानको समयमा खोप लगाउन कुनै कारणबस छुटेमा फागुनमा संचालन हुने नियमित खोप कार्यक्रममा किशोरीहरुलाई खोप दिइने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |