

धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।
अभियानलाई समर्थन गर्दै नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ।
आफू निर्वाचित भएपछि बुढिगण्डकी जलविद्युत आयोजना सुरु नभएसम्म संसदमा आमरण अनसन बस्ने अभिव्यक्ति दिँदै आएका घलेले व्यवसायीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा आफुले पनि हस्ताक्षर गर्नुभएको हो ।
घलेले शुक्रबार बुढीगण्की प्रभावितसंग चैनपुरका नागरिकसंग छलफल गर्दै प्रभावित परिवारको लागि सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा छलफल गर्नुभएको थियो ।
बुढिगण्डकी जलविद्युत आयोजना निर्माण, सांङ्कोष तिप्लिङ सडक स्तरोन्नति र वायु गुठी समस्या समाधानको बिषयलाई चुनावी नारा नै बनाएर घोषणापत्रमा उल्लेख गरिने बताउनुभएको थियो ।
घलेसँगै नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खाली, सचिव राधिका सापकोटा, उपसचिव भक्त बहादुर लामिछाने, नेता डा.रामकुमार अधिकारीसहित अन्य नेताहरूले पनि अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गर्नुभएको छ।

उक्त अभियानमार्फत बुढिगण्डकी आयोजना तत्काल कार्यान्वयनमा ल्याई स्थानीय विकास, रोजगारी सिर्जना र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउन सरकारलाई दबाब दिने उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।
एक कार्यक्रममा धन बहादुर घलेले आफू निर्वाचित भएपछि बुढिगण्डकी जलविद्युत आयोजना सुरु नभएसम्म संसदमा आमरण अनसन बस्ने दिएको अभिव्यक्ति





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |