

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । भारत र श्रीलङ्कामा हुने १०औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् ।
यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ ।
आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन गार्डेन्स्मा तथा बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे स्टेडियममा हुँदैछ । यो विश्वकपमा नेपालले पनि खेल्दैछ ।
नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ ।
प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।
समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा छन् । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ ।
अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |