

धादिङ । जिल्ला सुरक्षा समिति धादिङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता पालना गर्न गैरसरकारी निकायलाई आग्रह गरेको छ।
आचारसंहिता लागु भएको सन्दर्भमा पुर्ण पालना गरि मतदाता शिक्षामा केन्द्रीत हुन आग्रह गरिएको छ ।
सोमबार जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको हो ।
संचारकर्मी सहितको उपस्थितिमा भएको छलफल कार्यक्रममा विकास र अधिकारका लागि कार्यरत गैर सरकारी संस्थाहरुले आचारसंहिता बमोजिम सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभयो ।
गैरसरकारी संस्थाहरुले वितरण गर्ने राहत, अनुदान, विकासका नाममा गर्नेगतिविधि रोकेर मतदाता शिक्षाका लागि लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमित खड्का,पत्रकार महासङ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतका सुरक्षा निकाय प्रमुखहरुको सहभागिता थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |