

धादिङको ज्वालामुखी गाउँपालिका-४ पुर्सुका बोनम्यारो क्यान्सर पीडित ४ वर्षीय आयुष रिजालको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् ।
भारतको दिल्लीस्थित राजिवगान्धी अस्पतालमा उनको उपचार भइ रहेको छ ।
बोनम्यारो प्रत्यारोपणका लागि ६० लाख भारतिय रुपियाँ भन्दा बढी खर्च लाग्ने अस्पताल श्रोतले जानकारी दिएको आयुषका ठूल्बुबा ईश्वर रिजालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘आर्थिक अवस्था कमजोर भएकोले भारतिय ६० लाख रुपियाँ जुटाउन सम्भव छैन । हाम्रो श्रीसम्पत्ति बेचे पनि त्यति रकम उठ्दैन । छोरा बचाउन डाक्टर पैसा जम्मा गरिदिनुहोस् भन्नुहुन्छ, हामीसँग पैसा छैन । छोरा कसरी बचाउने होला ।’
२०८२ कात्तिक २३ गतेदेखि नेपालमा १२ लाख र भारतमा करिव ९ लाख रकम उपचारमा खर्च भएको उहाँले बताउनुभयो । ६० लाख रकम कसरी जुटाउने र छोरा बचाउने भन्ने चिन्ताले पिरोलेको उहाँको भनाइ छ।
सहयोगी दाताहरुलाई सकेको सहयोग गरिदिन उहाँले आग्रह गर्नु भएको छ।
सहयोगको लागि






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |