

धादिङ । नेपाली कांग्रेसबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रमेश धमलाले त्रिपुरासुन्दरी गाउँपालिका-१ र २ मा घरदैलो तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेट गर्दै जनताको आवाज, समस्या र आवश्यकता संसद्सम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो।
धमलाले कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउने योजना अघि सार्नुभयो। साथै विकास र समृद्धिका लागि सबै पक्षबीच समन्वय गरेर अघि बढ्ने बताउँदै बुढीगण्डकी जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राखेर संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गाना, क्षेत्रीय सभापति राकेश धमला, त्रिपुरासुन्दरी गाउँपालिका सभापति राजु उप्रेतीलगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |