

धादिङ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नम्बर १ मा राजनीतिक माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे घरदैलो अभियान र मतदाता भेटघाटमा सक्रिय हुनुभएको छ ।
पाण्डेले सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको छ ।
निर्वाचन परिचालन समितिले दिएको जानकारी अनुसार, अभियानको दोस्रो दिन मंगलबार सिद्धलेक गाउँपालिका वडा नं.५ कामराङबाट अभियानको सुरुवात गर्नुभएको हो ।
मंगलबार सिद्धलेकाको वडा नं.५, ६ र ७ का वस्तिहरुमा मतदाता सँग भेटघाट गर्नुभएको निर्वाचन परिचालन समितीले जानकारी दिएको छ ।
अभियानमा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेसँगै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद शालिकराम जमकट्टेल, पूर्व मन्त्री गंगालाल तुलाधर लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
घरदैलोका क्रममा नेताहरूले स्थानीय समस्या बारे जानकारी लिँदै पार्टीका एजेन्डाहरूका बारेमा सर्वसाधारणलाई बुझाइरहेका छन् । पाण्डेले अब जनताको विश्वास जित्दै भुईमान्छेका कुरा उठान गर्ने र धादिङको दिगो विकासमा भुमिका खेल्ने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |