

धादिङ । उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर ४ स्थित चालिस गाउँ गुरुङ समूदाय बस्ती हो । गाउँमा पर्यटक भित्र्याउन र गाउँबासीले सामुहिक आम्दानी लिनका लागि होम स्टे संचालन गरिरहेका छन्।
९३ घर गुरुङ समूदाय भएको चालिस गाउँको समस्या भनेको पेन्तिसिया खोला र यसले बस्तीमा पार्ने असर गाउँबासीको टाउको दुखाइ भएको छ ।
यसबाट निस्कने जलविद्युतले सहयोग पुर्याएको भएपनि गाउँबासीलाई पेन्तिसिया खोलाबाट सुरक्षित राख्न एमाले उम्मेदवार धनबहादुर घले समक्ष गाउँबासीले माग राखेका छन् ।
एमाले उम्मेदवार घलेले आफूनिर्वाचित भएपछि चालिस गाउँ संरक्षण गर्दै होमस्टे विकासका लागि आफूले जनताको तर्फबाट काम गर्ने बताउँदै पेन्तिसिया खोला नियन्त्रण गर्दै विद्युत विकासका लागि सहयोग गर्ने बताउनुभएको छ ।
मतदाता भेटघाटको क्रममा चालिस गाउँको होमस्टे पुग्नुभएका धनबहादुर घले रुबी भ्याली गाउँपालिकाको कपुरगाउँ, झाँक्री टोल, गुरुङ टोल, खादिङका नागरिकको समस्या, सुझाव संकलन गरिरहनु भएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव भक्तबहादुर लामिछानेले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |