

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेशीमा भोलीदेखि दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगितामा धादिङ, गोरखा, काठमाडौँ र झापाका बिभिन्न २६ टिम सहभागी हुँदै छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङको बिभिन्न पालिका र संघसंस्थाका २० टिम र धादिङ बाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ ।
स्थानीय सरकारका २१ टिम सहभागि छन् भने पत्रकार महासंघ, कर्मचारी मिलन केन्द्र, धादिङ अस्पताल, एक्सन नेपाल र बि.एफ.आई क्लब सहभागी हुने छ । सहभागी टिमलाई ८ समुहमा बिभाजन गरिएको छ ।
जसमा भोलि बिहान उद्घाटन खेलमा नीलकण्ठ नगरपालिका फोर्स र आरुघाट गाउँपालिकाबिचको खेल हुने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।
प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानालेले उद्घाटन गर्नुहुने प्रमुख प्रशासकिय अधिकृत कँडेलले जानकारी दिनुभयो ।
प्रतियोगिता ९ गतेसम्म संचालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |