

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार भूमि त्रिपाठीले अधुरा योजना पुरा गर्न एमालेले जित्न आवश्यक रहेको बताउनुभएको छ ।
धादिङ क्षेत्र नम्बर-१ को चुनावी अभियानका क्रममा मंगलबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ र ५ का विभिन्न बस्ती पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार त्रिपाठीले विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।
उहाँले देशको समग्र विकास र समृद्धि एमाले नेतृत्वमा मात्रै सम्भव भएको दाबी गर्नुभयो ।
“देश विकासको स्पष्ट दृष्टिकोण, स्थिर नेतृत्व र दीर्घकालीन योजना एमालेसँग मात्रै छ,” त्रिपाठीले भन्नुभयो, “नयाँ भनेर आएका शक्तिहरू क्षणिक रूपमा उदाए पनि दीर्घकालीन रूपमा देशलाई दिशा दिन सक्दैनन् ।”
उहाँले प्रतिनिधिसभा कानून निर्माण गर्ने सर्वोच्च थलो भएको उल्लेख गर्दै अनुभवी र नीति निर्माणमा स्पष्ट दृष्टिकोण भएका प्रतिनिधि आवश्यक पर्ने बताउनुभयो ।
“प्रतिनिधिसभा भनेको कानून बनाउने ठाउँ हो, त्यसैले जनताको आवाजलाई सशक्त रूपमा उठाउन सक्ने र प्रभावकारी कानून निर्माणमा भूमिका खेल्न सक्ने नेतृत्व आवश्यक छ ” उहाँले भन्नुभयो ।
भेटघाटका क्रममा स्थानीयवासीहरूले चेपाङ बस्तीको विकास, सडक स्तरोन्नति, खानेपानी, कृषि उत्पादनको बजारीकरण, युवाका लागि रोजगारी सृजना तथा स्वास्थ्य सेवाको पहुँच विस्तार लगायतका माग राखेका थिए ।
उम्मेदवार त्रिपाठीले ती मागहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |