

धादिङ । सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित आयाम इङ्लिस स्कुलमा १५ औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार शुक्रबार आयोजित कार्यक्रममा अभिभावक नृत्य प्रतियोगिता, विद्यार्थीहरुको फुड प्रदर्शनी तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।
अभिभावक नृत्य प्रतियोगितामा भुमिका सिलवाल प्रथम, बिमला गुरुङ द्वितीय, ओस्कार घले र लक्ष्मी गुरुङ तृतीय तथा सुसिला भट्ट सान्त्वना भएका विद्यालयकी प्रधानाध्यापक ममिता अर्यालले जानकारी दिनुभयो ।
विजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ११ जना अभिभावकको सहभागिता रहेको थियो ।
यस्तै, कार्यक्रमको अवसरमा लक्की ड्रमार्फत तीन जना विद्यार्थीलाई आगामी शैक्षिक वर्ष २०८३ का लागि शुल्क छुट प्रदान गरिएको छ ।
७५ प्रतिशत शुल्क छुट लक्ष्मी कार्की, ५० प्रतिशत छुट निर्मला घले र २५ प्रतिशत छुट सपना भट्टराईले प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि परशुराम खतिवडाले विद्यालयले अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्तै सकारात्मक पक्ष रहेको बताउनुभयो ।
उहाँले शिक्षालाई व्यवहारिक र सिर्जनात्मक बनाउन स्थानीय तह सदैव सहकार्य गर्न तयार रहेको र सामुदायिक सहभागितामै गुणस्तरीय शिक्षाको आधार निर्माण हुने बताउनुभएको छ ।
यस्तै विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि अभिभावकको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
यस्ता कार्यक्रमले विद्यालय परिवारबीचको आत्मियता अझ बढाएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |