

काठमाडौँ । बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
शुक्रबार दिउँसो खाना खान घर गएको समयमा वड घरमै अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेर खाना खान घर गएका थिए। अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |