

काठमाण्डौ । निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो ।
केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
आचारसंहिता प्रतिकूल हुने गरी पदाधिकारीले आफू बहाल रहेको पालिकामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |