

धादिङ । धादिङ-१ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर १ सुनटार, फोसटार, पारिलाछाप, डुम्रिचौर, मैदान, सालटार, कल्लेरीटार लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै घरदैलो अभियानमा पुग्नु भएका त्रिपाठीले अब शिक्षालाई व्यवहारसंग मिल्ने बनाउन आफूले नितिगत सुधार गर्ने बताउनुभयो ।
यसैगरी शिक्षालाई सीपमूलक बनाएर रोजगारी अन्त्य गर्ने विषयमा समेत शिक्षालाई आधारमान्ने कानून र कार्यन्वयन गर्न पहल गर्ने बताउनुभएको छ ।
एमाले उम्मेदवार त्रिपाठीले् गाउँघरका विकास योजना, स्वास्थ्यमा गाउँबासीको पहुँच, सडकमार्गलाई स्तरउन्नती गर्ने र किसानका उत्पादन उपभोक्तासम्म पुर्याउन कार्यक्रम ल्याउने गरि आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका संस्थापक नेता जगन्नाथ नेपाल, एमाले नेता रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |