

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ-२ का उम्मेदवार राम बहादुर भण्डारीले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर १ र २ (साविक तिप्लिङ) का मतदातासँग साक्षात्कार गर्नुभएको छन् ।
भेटघाटका क्रममा उम्मेदवार भण्डारीले ऐन, कानुन तथा नीति निर्माणमा जनमैत्री भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले विकास पूर्वाधारलाई प्राथमिकतामा राख्दै सडक सञ्जाल विस्तार, टेलिफोन तथा सञ्चार सेवा सुधार, हाइड्रो परियोजना प्रवद्र्धन र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिने बताउनुभयो।
यस्तै, किसानको हितमा लक्षित कार्यक्रम सञ्चालन, चौरी खर्क व्यवस्थापनका नमुना योजना कार्यान्वयन तथा स्थानीय कला-संस्कृति संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालय, धार्मिक क्षेत्रको बिकास संरक्षण स्थापना गर्ने योजना पनि अघि सार्नुभएको छ।
कार्यक्रममा सहभागी स्थानीयहरूले भण्डारीका प्रतिबद्धता,संकल्प तथा योजनालाई सकारात्मक रूपमा लिँदै समर्थन जनाएका छन्।
उम्मेदवारले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै समग्र क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |