

धादिङ । नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले मतदाता भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार घल नागरिकका समस्या, चाहना र आवश्यकताको पहिचानका लागि घरदैलो गरिरहनुभएको छ ।
मतदाता भेटघाट कार्यक्रम अन्तर्गत घले मंगलबार नीलकण्ठ नगरपालिका–१४ का टोल बस्तिमा पुग्नुभएको छ ।
स्थानीयले राखेका विकास निर्माणका सवालमा सम्बोधन गर्दै उनले सडक सञ्जाल, कृषि क्षेत्रमा सिंचाई, कुलो तथा विउ विजन र मलको आपूर्ति लगायका समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।
विशेष गरि निति कानुन निर्माणको भूमिका रहने भएपनि नागरिकका समस्या सम्बोधन हुने खालका निति ल्याउन पहल गर्ने उम्मेदवार धनबहादुर घलेले बताउनुभयो ।
‘समस्या के छ भन्ने थाहा छ, तर आवश्यक निति नबन्दा समस्या रहेको हो । त्यस्तो समस्या तथा सवालको सम्बोधन गर्न निति निर्माण तहमै पहल गर्नेछु’ उहाँले भन्नुभयो ।
घलेले उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास, त्रिपुरासुन्दरी, ज्वालमुखी र नीलकण्ठ नगरपालिकाका विभिन्न वडा बस्तिहरुमा मतदाता भेटघाट कार्यक्रम गरिसक्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |