

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ खुर्सानीटारमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबारअपराह्न स्थानीय सम्झाना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको समयमा घर नजिकै चट्याङ परेको थियो। चट्याङ लागेर पूजामा आएका तीन जना पाहुना घाइते भएका थिए ।
घाइतेहरुलाई तत्काल उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र, गोरखा पठाइएको थियो।
उपचारका क्रममा गोरखा जिल्ला शहीद लखन गाउँपालिका-८ निवासी कृष्ण घर्ती मगरकी अन्दाजी १३/१४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई चिकित्सकले साँझ ५ः१४ बजे मृत घोषणा गरेका हुन्।
उक्त घटनामा उनकी दिदी अन्दाजी १५ वर्षीया दिक्षा घर्ती मगर सामान्य घाइते भएकी छन्।
त्यसैगरी गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय बिरेन्द्र थापा मगर पनि सामान्य घाइते भएका छन्।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |