

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङ ले फागु पूर्णिमा (होली) पर्व मर्यादित तथा सभ्य रूपमा मनाउन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै होली पर्व मनाउने नाममा गरिने अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो ।
जबरजस्ती रङ लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ प्रयोग गर्ने, मदिरा तथा नसालु पदार्थ सेवन तथा बिक्री–वितरण गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने लगायतका कार्य नगर्न सूचना मार्फत आग्रह गरिएको छ ।
यस्तै, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका गतिविधि नगर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सभ्य तरिकाले पर्व मनाउन अनुरोध गरिएको छ ।
प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा होली पर्व परेको उल्लेख गर्दै निर्वाचन प्रचार–प्रसारका नाममा हुनसक्ने अवाञ्छित गतिविधि समेत नियन्त्रण गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ ।
सूचनामा उल्लेख निर्देशन विपरीत कार्य गरे/गराइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।
प्रशासनद्धारा सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |