

धादिङ- धादिङमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँचका क्रममा लागूऔषध सेवन (ला.प.से.) गरी सवारी साधन चलाएको आरोपमा तीन जना चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बारा जिल्लाको कोहल्वी नगरपालिका–२ बस्ने २९ वर्षीय चन्द्रबहादुर शाही, कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ४२ वर्षीय रामकाजी खड्का तथा धादिङको गजुरी गाउँपालिका–७ बस्ने २३ वर्षीय दिपेन्द्र पण्डित रहेका छन्।
पृथ्वी लोकमार्गमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँचका क्रममा उनीहरू लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ फागुन १३ गते पृथ्वी लोकमार्ग क्षेत्रमा ट्राफिक सहितका मातहत प्रहरी युनिटहरू र बैरेनी अस्पताल को सहकार्यमा गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित सडक खण्डमा सवारी साधन चेकजाँच गरिएको थियो।
सो क्रममा चालकहरूले लागूऔषध सेवन गरेको वा नगरेको परीक्षण गर्न THC किटमार्फत जाँच गरिएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा तीन जना चालकको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागूऔषध सेवन शीर्षकमा मुद्दा दर्ता गरिएको छ।
प्रहरीले धादिङ जिल्ला अदालत बाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार लागूऔषध सेवन गरी सवारी साधन चलाउने कार्यले सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याउने भएकाले यस्ता कारबाहीलाई निरन्तरता दिइने बताइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |