

धादिङ- धादिङबाट अवैध लागूऔषध (पोल्याण्ड) सहित तीन जना पक्राउ परेका छन्।
बुधबार च्याङ्ली पिडाबाट आदमघाटतर्फ आउँदै गरेको बा ३ ख ९०९२ नम्बरको बसमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा ७ किलो १० ग्राम गाँजाको धुलोसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय गजुरी तथा अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका-६ आदमघाट क्षेत्रबाट बस रोकी चेकजाँच गर्दा प्लाष्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याइएको अवस्थामा पोल्याण्ड फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ बैदाम, कास्की बस्ने ५५ वर्षीय दामोदर गिरी, धादिङको गजुरी गाउँपालिका-४ गैरीगाउँ बस्ने २५ वर्षीय अर्जुन तामाङ र सोही गाउँपालिकाको गाउँखोला बस्ने १८ वर्षीय सन्दिप तामाङ रहेका छन्।
उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। प्रहरीले धादिङ जिल्ला अदालत बाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |