

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले मतदानको दिन अत्यावश्यकबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म सवारी आवागमन बन्द रहने जनाएको छ।
एम्बुलेन्स, दमकल, शववाहन, विद्युत सेवा, दूरसञ्चार सेवा लगायतका अत्यावश्यक सवारी साधन भने सञ्चालनमा रहने सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका उम्मेदवार वा उनका प्रतिनिधि, सञ्चार माध्यम, सुरक्षाकर्मी, संवैधानिक निकायका प्रादेशिक तथा जिल्लास्थित कार्यालय, पर्यवेक्षक, संवैधानिक आयोग, कूटनीतिक नियोगका अवलोकनकर्ता, आयोगबाट आमन्त्रित विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य पदाधिकारीका सवारी साधनलाई भने सञ्चालनको अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |