

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ रानिपौवाका मतदाता राम बहादुर उप्रेती अक्सिजन सिलिण्डरको सहायतामा एम्बुलेन्स चढेर मतदान केन्द्र पुगि आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ।
स्वास्थ्य अवस्था कमजोर रहे पनि लोकतन्त्रको पर्वमा सहभागी हुनुपर्ने दृढ अठोटका साथ उप्रेती मतदान केन्द्र पुगेका थिए।
अक्सिजन लिँदै पुगेका उनलाई देखेर उपस्थित मतदाता तथा सुरक्षाकर्मीहरू समेत भावुक बनेका थिए। स्थानीयवासीका अनुसार, उहाँको स्वास्थ्य अवस्था नाजुक भए पनि मतदान गर्नुपर्छ भन्ने जिम्मेवारीबोधले उहाँलाई केन्द्रसम्म ल्यायो।
यो हामी सबैका लागि प्रेरणाको विषय हो।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको उक्त केन्द्रमा उप्रेतीको उपस्थितिले लोकतन्त्रप्रतिको नागरिकको विश्वास अझ प्रष्ट पारेको छ।
उहाँको यो कदमले ‘मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो’ भन्ने सन्देश दिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |