

काठमाण्डौ । ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को ७ महिना (माघ मसान्तसम्म) १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९ दशमलव ८ प्रतिशतले बढेको हो ।
अघिल्लो महिना माघमा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको यही महिनामा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि २ लाख ४५ हजार १५३ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख २७ हजार ४२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको यही अवधिमा २ लाख ७४ हजार ६२२ जनाले अन्तिम श्रम स्वीकृत र १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |