

धादिङ । नख्खु कारागारबाट Gen-Z आन्दोलनका क्रममा फरार भएका एक बन्दीलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ।
ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका रुवी भ्याली गाउँपालिका-५ का २८ वर्षीय दिपेश तामाङ (मेम्बर) लाई नीलकण्ठ नगरपालिका-३ बिचबजारबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनलाई पक्राउ गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः नख्खु कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
तामाङ ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष ६ महिना कैद तथा १० हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिरहेका थिए।
Gen-Z आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दी तथा थुनुवामध्ये हालसम्म १४९ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |