

धादिङ । धादिङमा पहिलोपटक पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सिद्धलेक स्पोर्ट क्लब सिद्धलेक-३ सलाङ धादिङको आयोजना र ASA Human Resource Pvt.Ltd को सह आयोजनामा जिल्लामै पहिलोपटक पार्क भलिबल हुन लागेको हो ।
चैते दशैको पावन अवसरमा चैत्र १२ गतेदेखी सदरमुकाम धादिङबेसीस्थित कवर्डहलमा हुने ‘प्रथम सिद्धलेक स्पोर्ट्स कप’ पुरुष पार्क (४ ए साइड) भलिबल प्रतियोगिता विजेतालाई ४० हजार र उपविजेतालाई २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिति चैत्र ८ गतेसम्म रहेको र दर्ता शुल्क चार हजार निर्धारण गरिएको छ ।
धादिङ, नुवाकोट, रसुवा र गोरखा जिल्लाबाट सहभागी हुन पाउने यस प्रतियोगितामा एक टिममा खेलाडी संख्या ४+१ (५ जना) र कोच १ जना गरी ६ जना हुनुपर्ने, चारजना एउटै पालिकाको हुनु पर्ने, एक जना खेलाडी आफ्नै जिल्ला भित्रको अर्को पालिकाको समावेश गर्न पाइने आयोजकका बिदुर इटनीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत एक टोलीमा ४-४ खेलाडी रहने छन् ।
थप जानकारीको लागि सम्पर्क :
अमन आले : ९८२८२८९८८१
बिदुर इटनी : ९८६२७९५४८१
विज्ञान इटनी : ९८१०१८२३१८





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |