

धादिङ । नेकपा एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
एमालेले क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) हुनुहुन्छ ।
त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहनुभएको छ ।
थारुतर्फ कृपाराम राणा हुनुहुन्छ भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी हुनुहुन्छ ।
त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) हुनुहुन्छ । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले समानुपातिक सूचीबाट पठाइने नाम अन्तिम रूप दिँदा धादिङबाट डा.पुष्प कडेल र गंगादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको हो।
डा.पुस्प कँडेल नेकपा एमालेको केन्द्रीय लेखा आयोगका अध्यक्ष हुनुहुन्छ भने गंगादेवी श्रेष्ठ बागमति प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
यी हुन सिफारिस उम्मेदवारहरु
📌 जनजाति (४ जना)
👩 भूमिका सुब्बा
👩 गंगादेवी श्रेष्ठ
👨 रामबहादुर थापा मगर
👨 कुलभक्त शाक्य
📌 खस आर्य (५ जना)
👩 पद्मा अर्याल
👩 टुकाभद्रा हमाल
👩 एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
👨 गुरु प्रसाद बराल
👨 पुष्पराज कंडेल
📌 थारु (१ जना)
👨 कृपाराम राणा
📌 दलित (२ जना)
👩 विष्णुमाया वी.के.
👩 नीता घटानी
📌 मधेसी (३ जना)
👩 रिङ्ला यादव
👩 यशोधा कुमारी यादव
👨 चन्द्रेश्वर मण्डल
📌 मुस्लिम (१ जना)
👩 साजिदा सिद्दीकी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |