

धादिङ। Gen-Z आन्दोलनका क्रममा फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी धादिङबाट पक्राउ परेका छन्।
कारागार कार्यालय जगन्नाथ देवाल, काठमाडौंमा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका-१ का २२ वर्षीय जगत बहादुर बुढाथोकी Gen-Z आन्दोलनका क्रममा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो।
पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवाल, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार हालसम्म Gen-Z आन्दोलनका क्रममा फरार भएका १५० जना कैदीबन्दी तथा थुनुवालाई पक्राउ गरी सम्बन्धित कारागारहरूमा बुझाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |