

काठमाण्डौ । हावाहुरीले रुख ढलेर लाग्दा उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
हिजो बेलुकी ठूलो हावाहुरी चलेको बेला रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका-८ की मिनामाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरञ्जन थापाले जानकारी दिनुभयो ।
कटारी–५ को राधाकृष्ण मन्दिर नजिक हावाले सुकेको सालको रुख ढल्दा चौधरीको ज्यान गएको हो । यो घटनामा रुखले लागेर ५ जना घाइते भएका छन् ।
घाइते सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको छ । यस्तै कटारी नगरपालिका–८ की तामाङको घरमै हावाले भाँचेको रुखको हाँगाले लागेर ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ ।
प्रि-मनसुनको योबेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ पर्ने भएकाले चनाखो हुन मौसमविदको आग्रह छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |