

धादिङ । पहिरो खसेर अवरुद्ध भएको धादिङबेसी–मलेखु सडकखण्ड पुनः सुचारु भएको छ।
कालुपाण्डे मार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ स्थित फिसफिसेटार नजिकै खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो।
परेवाटार र गजुरीटार क्षेत्रका किसानले खेतबारीमा लैजाने सिँचाइ नहर थुनिँदा पानी सडकमा ओभरफ्लो भई पहिरो खसेको थियो, जसका कारण मलेखु–धादिङबेसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राति करिब ३ बजेदेखि बन्द भएको सडक दुई वटा डोजर प्रयोग गरी निरन्तर पहिरो पन्छाएपछि भर्खरैदेखि सुचारु गरिएको प्रहरीले जनाएको छ।
हाल उक्त सडकखण्डमा यातायात सञ्चालन सामान्य बन्दै गएको छ भने बीच बाटोमा रोकिएका सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ लागिरहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |