

धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता (सेफ) परियोजनाको स्थलगत अनुगमनपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा परियोजना प्रभावकारी देखिएको सरोकारवालाहरूले बताएका छन्।
अनुगमनसँगै सम्पन्न परियोजना सल्लाहकार समितिको बैठकमा सहभागीहरूले बालबालिकाको सिकाइ उपलब्धि, विद्यालय वातावरण र समुदायको सहभागितामा सकारात्मक परिवर्तन आएको बताएका हुन्।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले चाइल्डफण्ड जापान (ChildFund Japan) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा सञ्चालन गरिरहेको उक्त परियोजनाअन्तर्गत वडा नम्बर ६, ८ र १० का विद्यालयहरूमा शुक्रबार स्थलगत अनुगमन गरिएको हो।
सो क्रममा विभिन्न विद्यालयको अवलोकन, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, शिक्षकसँग अन्तरक्रिया तथा सिकाइ केन्द्र र विज्ञान प्रयोगशालाको निरीक्षण गरिएको थियो।
अनुगमनपछि बसेको सल्लाहकार समितिको बैठकमा अघिल्लो बैठकको समीक्षा, हालसम्मको प्रगति तथा आर्थिक अवस्था, आगामी कार्ययोजना, लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबाबु पौडेल,शिक्षा अधिकृत बोधराज पाठक, प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरे, श्रोत व्यक्ति रामेश्वर पोखरेल, प्रयास नेपालका अध्यक्ष विर बहादुर श्रेष्ठ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल लगाएत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी, परियोजनासँग सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले परियोजनामार्फत बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने, सिकाइ वातावरण सुधार गर्ने र अभिभावक तथा समुदायलाई शिक्षाप्रति सचेत बनाउने कार्यमा थप प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिएका छन्।
आगामी वर्षका कार्यक्रम तथा योजनाबारे समेत छलफल गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका थिए।
सेफ परियोजनामार्फत प्रयास नेपालले १९ वटा विद्यालयमा बाल विकास कार्यक्रम, बालक्लब सशक्तीकरण, अभिभावकसँग अन्तरक्रिया, अतिरिक्त कक्षा सञ्चालन, विज्ञान तथा गणित प्रयोगशाला सहयोग, सामुदायिक सिकाइ केन्द्र निर्माण तथा जिविकोपार्जन सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |