

धादिङ । सिद्धलेक गाउँपालिकाले विभिन्न मनोसामाजिक समस्यामा परेका नागरिकलाई लक्षित गर्दै निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै सेवा आवश्यक परेका पालिकावासीलाई परामर्श लिन आग्रह गरेको हो।
वैदेशिक रोजगार, लैङ्गिक हिंसा, लागुऔषध दुरुपयोग, पारिवारिक तथा सामाजिक द्वन्द्व, आघातजन्य घटना, सामाजिक विभेद र लाञ्छना जस्ता कारणले उत्पन्न हुने मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
यस्ता कारणले बालबालिका, विद्यार्थी, वयस्क तथा जेष्ठ नागरिकमा अत्यधिक तनाव, चिन्ता, डरत्रास, उदासिनता, दिग्दारीपन, आत्महत्या उन्मुख सोच तथा व्यवहार, खानपान र निद्रामा समस्या, दैनिक कामकाजमा कठिनाइ जस्ता समस्या देखिन सक्ने भएकाले समयमै परामर्श लिन आग्रह गरिएको छ।
गाउँपालिकाका अनुसार मनोसामाजिक परामर्श सेवा लिन चाहने व्यक्तिले गाउँपालिकामा कार्यरत मनोसामाजिक परामर्शकर्ता गणेश राना मगरलाई सम्पर्क गर्न सक्नेछन्।
उहाँको सम्पर्क नम्बर ९८४१०५६४८६ रहेको छ।
गाउँपालिकाले बुङचुङस्थित कार्यालयमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिँदै समस्यामा परेका नागरिकलाई सेवा उपयोग गर्न अनुरोध गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |