

धादिङ । धादिङ अस्पतालमा पहिलो पटक सर्पदंशका बिरामीको उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम (Anti Snake Venom) उपलब्ध गराइएको छ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (Health Management Supply Center) तथा Epidemiology and Disease Control Division (EDCD) को सहयोगमा उक्त औषधि अस्पतालमा ल्याइएको हो।
अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झाका अनुसार अब सर्पदंशका बिरामीले आपतकालीन अवस्थामा समयमै उपचार पाउने भएका छन्।
यसअघि सर्पदंशका बिरामीहरूलाई उपचारका लागि अन्य जिल्ला वा ठूला अस्पताल जानुपर्ने बाध्यता थियो।
सेवा अभावका कारण समयमै उपचार नपाउँदा जोखिम बढ्ने गरेको थियो।
अब भने धादिङमै उपचार सुविधा उपलब्ध भएसँगै स्थानीयवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |