

काठमाडाैं- बालेन्द्र शाह ले आगामी शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
शाहको सचिवालयका अनुसार सोही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने तालिका समेत निर्धारण गरिएको छ।
शपथ ग्रहण समारोहलाई विशेष बनाउन ७ वटा शंखनाद, १०८ जना बटुकबाट स्वस्ति-शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट शुभ-मङ्गल पाठ गरिने तयारी छ।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिका को मेयर निर्वाचित भएका शाह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै वरिष्ठ नेताको भूमिकामा देखिनुभएको थियो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेख्य बहुमत हासिल गर्दै एकल सरकार गठन गर्ने अवस्था बनाएको छ।
पार्टीको सफलतामा शाहको लोकप्रियता मुख्य कारणका रूपमा हेरिएको छ।
मेयर हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सँग पटक–पटक विवादमा आएका शाहले यसपटक ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिएर ठूलो मतान्तरसहित जित हासिल गर्नुभएको थियोे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |