

काठमाडौँ । ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले २० जना युगान्डाली महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी बाटो छेक्ने, अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्ने र दुःख दिने जस्ता गतिविधि भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका महिलामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप गरी प्रहरी वृत्त लैनचौरमार्फत थप अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |