

काठमाण्डौ – पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ भाउ बढेको हो ।
मुल्य बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल निर्धारण गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि बढाउनु परेको निगमले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |