

धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपालले खनियाबास गाउँपालिकामा ADRA Nepal को आर्थिक सहयोगमा सञ्चालन गरेको रिलिफ परियोजनाको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई र्कायक्रम सम्पन्न भएको छ ।
वर्ष सन् २०२५/२०२६ मा खनियाँबास गाउँपालिकामा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढिकरण (रिलिफ) परियोजनाको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको संस्थाका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।
प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एक वर्षको अवधिमा गाउँपालिका भित्रका सबै वडामा रहेका ३१ ओटा कृषक तथा पशुपालन समूहमा भए गरेका कामहरु र आर्थिक खर्च विवरणको सामाजिक लेखा परीक्षण गरिएको हो ।
सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई र्कायक्रममा संस्थाको तर्फबाट प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेत, ५ वटै वडाका वडा अध्यक्षहरु, कृषि, पशुसेवा, शिक्षा,महिला तथा बालबालिका, योजना लगायतका शाखा प्रमुखहरु, विभिन्न कृषक समूहका प्रतिनिधिहरु, अगुवा किसानहरु र अन्य सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रममा नमूना बाख्रा खोर सुधार, प्राङ्गारिक कृषि, जलवायु अनुकुलन कृषि प्रणली, समूह व्यवस्थापन, समूहको लेखा अभिलेखिकरण, विभिन्न जातका बालीहरुको पाठशाला लगायतका विषयमा संस्थाले काम गरिरहेको पनि जानकारी गराइएको थियो ।
सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि किसानहरुले परियोजनाले किसानहरुमा ल्याएको परिवर्तन, जलवायु अनुकूलन कृषि प्रणलीका फाइदाहरु, कृषि पाठशालाले सिकाइमा ल्याएको परिवर्तन, व्यवस्थित लेखा अभिलेखिकरण, अगुवा किसानले कृषक समूहमा दिएको सेवा, लैंगिक आधारमा हुने कार्यबोझको विश्लेषण लगायतका विषयमा जानकारी गराएका थिए ।
छलफलका क्रममा सहभागिहरुले संस्थाले समुदाय स्तरमा सञ्चालन गरेको कार्यक्रमले सहयोग पुगेको बताएका छन्। संस्थाले मागको आधारमा किसानलाई योजना छनोट गरेको बताएका छन्।
कृषक पाठशालाले सामुहिक खेत तर्फ अगाडी बढाएको बताएका छन। त्यसैगरि वडाअध्यक्षहरुले पनि संस्था र वडाबिचको समन्वय राम्रो भएको, गाउँपालिकाले बनाएको नीतिको परिधिमा रहेर कार्यक्रम सञ्चालन गरेको बताएका छन्।
प्राप्त गुनासो तथा सुझावलाई सम्बोधन गर्ने क्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले परियोजना गाउँपालिकासंगको सहकार्यमा सञ्चालन गर्ने, कृषि तथा पशुसेवाका प्राविधिक र समुदाय सहजकर्तालाई कृषक समूहप्रति उत्तरदायी बनाउने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रेडियो राजमार्गका पत्रकार शिवराज आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा परियोजना शुरु भएयता ६४ लाख ७३ हजार एक सय साठी रुपैयाँ खर्च भएको पनि सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |