

काठमाण्डौ । आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो बेलुकीदेखि नै धेरै ठाउँमा बदली र वर्षा शुरु भएको हो ।
महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँ तथा तराई भू–भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै भोलि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँ तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |