

धादिङ । कालुपाण्डे सडक खण्ड अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब ४:२० बजे धादिङबेँसीबाट सिद्धलेक गाउँपालिका-१ नलाङ छापगाउँतर्फ जाँदै गरेको ग १ ज ६०४९ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई नीलकण्ठ नगरपालिका-८ ससाहा नजिकै दुवेनीस्थित सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
गाडीमा चालकसहित ८ जना सवार थिए ।
घाइतेमध्ये सिद्धलेक गाउँपालिका-१ बस्ने २३ वर्षीय दीपक सिलवालको दाहिने काँधको हड्डी भाँचिएकोले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा २६ वर्षीया सलिना आले मगर, चालक २५ वर्षीय सुमन राना मगर, ३५ वर्षीया सुनिता श्रेष्ठ, ७० वर्षीय लालबहादुर पाटा मगर र ५० वर्षीया धनकुमारी सिलवाल रहेका छन्।
उनीहरूको धादिङ जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |