

धादिङ । सवारी दुर्घटनासम्बन्धी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ४५ वर्षीय दुर्गा बहादुर हमाल ठकुरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार २०६४ साउन १४ गते राति करिब १ बजे साविक बेनीघाट गाविस-८ बिशालटारस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा १ झ ५२२५ नम्बरको ट्रक दुर्घटना भएको थियो।
दुर्घटनामा ट्रकमा सवार एक पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकोमा सोही दिन बिहान ६ बजे मृत्यु भएको थियो।
घटनापछि ट्रक चालक फरार रहेका थिए।
प्रहरीले लामो समयदेखि खोजी गर्दै आएको उक्त मुद्दाका प्रतिवादीलाई यही चैत २६ गते पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
उनलाई धादिङ जिल्ला अदालतबाट ९ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |