

काठमाण्डौ – खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै नेपाल आयल निगमले फेरि मुल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ भाउ बढेको छ ।
यस्तै निगमले हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले भाउ बढाएको छ।
नयाँ मूल्यसूची अनुसार अब काठमाण्डौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गमा पेट्रोलको भाउ २१६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ २०४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा पेट्रोलको भाउ २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २०६ रुपैयाँ पुगेको छ ।
यसैगरी हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि भाउ बढाउनुपरेको निगमको दाबी छ ।
निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |