

धादिङ । पृथ्वी लोकमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका-१ गजुरीबजारबाट लागूऔषध गाँजा र अफिमसहित २ जना पक्राउ परेका छन् ।
आइतबार लागूऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी टोलीले आदमघाटबाट गजुरी तर्फ आउदै गरेको बा ५ ख ७५३७ नं. को आईचर गाडीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा आइचर गाडी चालक धादिङको नीलकण्ठ नगरपालिका वडा नं.८ बस्ने बर्ष २२ को अम्मर बि.क. र गाडीमा सवार धादिङ सिद्धलेक गाउँपालिका वडा नं.५ बस्ने बर्ष १९ को होम बहादुर बि.क. रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
आइचरको पछाडी ढालामा त्रिपालले छोपेको अवस्थामा नौ वटा बोरा भित्र पहेलो प्लाष्टिकले बेरेर पोका पारी राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ।
पकाउ परेका व्यक्तिहरुको साथबाट बा ५ ख ७५३७ नं.आईचर गाडीसंगै २८६ किलो ४०० ग्राम गाँजा, २०० ग्राम लागू औषध अफिम र ४ थान मोवाइल बरामद गरिएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |