

अण्डाको मुल्य बढेको छ ।लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।
संघका अनुसार अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट अर्थात ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री भइरहेको थियो ।
यस्तै मझौला अण्डाको फार्म मूल्य ४०० बाट बढेर ४१५ रुपैयाँ कायम भएको छ ।
गएको मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यस बेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ र मझौलाको ५५० रुपैयाँ थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |